Nepal's Trusted Health Online Portal

शुक्रबार थपिए ५९३ कोरोना संक्रमित, ४८ डिस्चार्ज, संक्रमित संख्या ११ हजार ७५५ पुग्यो

Get real time updates directly on you device, subscribe now.

१२ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ । जसमध्ये १ हजार २४९ जना महिला र १० हजार ५०६ जना पुरुष रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०७ जना महिला र ४८६ जना पुरुष गरी ५९३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट २७ जनाले ज्यान गुमाइसकेका छन् । नेपालका ७६ जिल्ला (रसुवाबाहेक)मा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४८ जना निको भए
संक्रमितमध्ये अहिलेसम्म २ हजार ६९८ जना निको भएर घर फर्किइसकेका छन् । डिस्चार्ज हुनेहरुमा २२४ महिला र २ हजार ४७४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जना महिला र ४० जना पुरुष गरी ४८ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.