काठमाडौं । नेपालमा बिहीबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भोजपुर, हथुवागढीका २६ बर्षीय एक पुरुषमा कोरोना संक्रमण पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको स्वाव परीक्षणबाट ती युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालमा आज मात्र ३ जना संक्रमित थपिएका छन् । यसअघि बिहीबारै उदयपुरकी ५५ बर्षीय एक महिला र जनकपुरका १४ बर्षीय एक किशोरमा कोरोना भाइरस संक्रमण पाइएको थियो ।
यससंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमित संख्या ४८ पुगेको छ । संक्रमितमध्ये बिहीबार साँझ सम्म १० जना भने निको भएर घर फर्किसकेका छन् । बाँकी संक्रमितहरु उपचाररत रहेका छन् ।
बिहीबार नै सेती प्रादेशिक अस्पतालबाट एक महिला र पाटन अस्पतालमा उपचार गराइरहेका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका एक÷एक पुरुष र महिला भने उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । अन्य उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।