Nepal's Trusted Health Online Portal

सेती प्रादेशिक अस्पतालबाट थप एक कोराना संक्रमित डिस्चार्ज

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । कैलालीकी कोरोना संक्रमित ५० बर्षीय महिला निको भएर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो ।

लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ती महिलाको बिहीबार भएको कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको थियो । २४ घण्टा भित्र लगातार २ पटक परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

विरगञ्जबाट कैलाली पुगेकी उनी क्वारेन्टाइनमा रहँदा कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार गराएर निको हुने उनी चौथो संक्रमित हुन् । यसअघि ३ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यससंगै नेपालमा १० जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । बिहीबार मात्र ३ जना संक्रमित निको भएका हुन् । यसअघि बिहीबार नै पाटन अस्पतालमा उपचाररत पेप्सीकोला सनसिटी अपार्टमेन्टका २ जना संक्रमितलाई निको भएपछि डिस्चार्ज गरिएको थियो ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.