Nepal's Trusted Health Online Portal

बैशाख १५ सम्म लकडाउन थपियो, नेपालमा कोरोना संक्रमितको संख्या १६ पुग्यो

संक्रमितको संख्या १६ पुगेसंगै सरकारले लकडाउन थप गर्ने निर्णय लिएको हो ।

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या बढेसंगै सरकारले देशव्यापी लकडाउन १२ दिन थपेको छ ।

मंगलबार मात्रै राजधानी काठमाडौंको सनसिटी अर्पाटमेन्टमा ३ जना सदस्य रहेको परिवारमा २ जनामा कोरोना परिक्षण गर्दा पोजिटिभ रिर्पोट आएको छ । संक्रमितको संख्या १६ पुगेसंगै सरकारले लकडाउन थप गर्ने निर्णय लिएको हो । “संक्रमितको संख्या बढेसंगै लकडाउन लब्याउने निर्णय भएको छ । अब लकडाउन बैशाख १५ गते अन्त्य हुनेछ तर यसबीचमा देखिने संक्रमणको आधारमा अन्त्य हुने वा नहुने भन्ने कुरा निहित रहनेछ”, एक मन्त्रीले बताए ।

नेपालमा कोरोनाको दोस्रो संक्रमण देखिएसंगै सरकारले चैत ११ गतेबाट देशव्यापी लकडाउनको घोषणा गरेको थियो । चैत यता सरकारले लकडाउनको मिति ३ पटक थप गरिसकेको छ । दोस्रो पटक थप गरि बैशाख ३ गते बुधबारसम्म लकडाउन लम्ब्याईएको थियो । तर संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका ७ प्रदेशका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फ्रेन्समा छिमेकी देश भारतमा संक्रमण नरोकिएसम्म लकडाउन नहटाउने बताएका थिए । लकडाउनको अवधि थप गर्नुका साथै सरकारले भारतसँगको सीमा नाका कोरोना संकट अन्त्य नहुँदासम्म नखोल्ने निर्णय पनि गरेको छ तर यो निर्णय नेपाल र भारतबीचको व्यापारमा भने लागु नहुने स्पष्ट पारिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.