Nepal's Trusted Health Online Portal

आइतबार एकैदिन १२ सय २१ जनामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१४ भदौ, काठमाडौं । नेपालमा आइतबार थप १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । नेपालमा हाल १७ हजार ५ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

विगत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म ६ लाख ८२ हजार ३ सय ४३ जनाको पिसिआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा २ सय ६७ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २० हजार ८ सय २२ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५४% रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।

हाल ७ हजार ७ सय ९७ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ६ सय १२ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ६ हजार ९ सय ६ जना होम आइसोलेसनमा रहेका छन् । १४४ जना आइसियुमा उपचाररत रहेका छन् । १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयका अनुुसार मोरङ, धनुषा, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा, ललितपुर, काठमाडौं, चितवन र रुपन्देही गरी ११ वटा जिल्लामा संक्रमितको संख्या ५ सय भन्दा माथि रहेको छ भने मुस्ताङ र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.