Nepal's Trusted Health Online Portal

उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

Get real time updates directly on you device, subscribe now.

१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा यसअघिका सबै रेकर्ड तोडेर कोरोना भाइरसको संक्रमण फैलिए यताको सबैभन्दा बढी संक्रमित देखिएका हुन् । यसअघि शुक्रबार उपत्यकामा ४१५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ४ सय २७ पुगेको छ । आइतबार मुलुकभरी हालसम्मकै उच्च १२ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने २ सय ६७ जना संक्रमित निको भएका छन् ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.