Nepal's Trusted Health Online Portal

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

Get real time updates directly on you device, subscribe now.

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।
वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क छ ।
संक्रमितमध्ये ९२५ जना २.१२ प्रतिशत ९ बर्ष सम्मका र ३ हजार १४४ जना अर्थात ९.३१ प्रतिशत १० देखि १९ उमेर समुहका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५ हजार ७२७ जनामा कोरोना संक्रमण देखिएकोमा ५०६ जना २० बर्ष मुनिका बालबालिका छन् । ५०६ मध्ये १३९ जना ९ बर्ष सम्मका र ३६७ जना १० देखि १९ उमेर समुहका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.