Nepal's Trusted Health Online Portal

अमेरिकामा कोरोना संक्रमणबाट ३७ हजार बढीको मृत्यु, ७ लाख बढी संक्रमित

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोना भाइरसको संक्रमित ७ लाख २ सय ८२ पुगेका छन् भने ३७ हजार १ सय १४ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकामा सबैभन्दा बढी संक्रमण न्यूयोर्क राज्यमा फैलिएको छ भने मृत्यु हुने पनि न्यूयोर्क मै बढी छन् । न्यूयोर्कमा अहिलेसम्म २ लाख ३० हजार भन्दा बढीमा संक्रमण फैलिएको छ भने १७ हजार १ सय ३० जनाको ज्यान गएको छ ।

न्यूयोर्क पछि न्यू जर्सी राज्यमा ७८ हजार बढी संक्रमित भएका छन् । त्यहाँ ३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ । न्यू जर्सी पछि म्यासाच्युसेट्समा ३४ हजार बढी संक्रमित भएका छन् भने १ हजार ४ सय ४ को ज्यान गएको छ ।

अमेरिका पछि सबैभन्दा बढी संक्रमण स्पेनमा फैलिएको छ । स्पेनमा हालसम्म १ लाख ९० हजार बढीमा संक्रमण पाइएको छ भने २० हजार २ जनाको मृत्यु भएको छ । स्पेन पछि इटलीमा १ लाख ७२ हजार बढी संक्रमित भएका छन् तर ज्यान गुमाउनेको संख्या भने स्पेनमा भन्दा बढी छ । इटलीमा हालसम्म २२ हजार ७ सय ४५ जनाले ज्यान गुमाईसकेका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८५ देशमा फैलिइसकेको छ । चीनमा सबैभन्दा बढी संक्रमण र संक्रमितको मृत्यु वुहानमा भएको थियो । यो समाचार तयार पार्दा सम्म विश्वभर २२ लाख ५१ हजार बढी संक्रमित भइसकेका छन् भने संक्रमित मध्ये १ लाख ५४ हजार २ सय ९५ जनाको ज्यान गईसकेको छ । संक्रमित ५ लाख ७४ हजार भन्दा बढी निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.