७ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ८९० जना कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितमध्ये हालसम्म ३ लाख ७४ हजार ८३६ अर्थात ७५.४ प्रतिशत संक्रमणमुक्त भएका छन् ।
गत २४ घण्टा यता देशभर ८ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
त्यस्तै शुक्रबार १७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण हालसम्म ६ हजार २४ जनाको मृत्यु भइसकेकोे छ ।