४ साउन, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना भाइरसको संक्रमण भएको छ । आइतबारदेखि सामान्य लक्षण देखिएपछि मंगलबार पीसीआर परीक्षण गरिएकोमा पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
चिकित्सकका अनुसार हाल पोखरेलको अक्सिजनको मात्रा र छातीको अवस्था सामान्य छ भने हल्का ज्वरो छ ।
हाल पोखरास्थित निवासमा आराम गरिरहनुभएका पोखरेलको बुधबार बिहान थप स्वास्थ्य परीक्षण गरिनेछ ।
कोरोना संक्रमण पुष्टि भएपछि पोखरेलले कोरोना संक्रमण दर बढेकाले सतर्क रहन र मास्क सेनिटाइजरको अनिवार्य प्रयोग तथा सामाजिक दुरी कायम गर्न अनुरोध गरेका छन् ।