Nepal's Trusted Health Online Portal

नेपालको कोरोना परीक्षण विश्वसनीय : डब्लु.एच.ओ.

हाल कोभिड-१९ को परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र भइरहेको छ । रिपोर्टमा प्रयोगशालाको जनशक्ति पनि राम्रो रहेको उल्लेख छ ।

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लु.एच.ओ) ले नेपालमा भइरहेको कोरोना परीक्षण प्रति सन्तुष्टी जनाउँदै परीक्षण क्षमता थप बढाउन आग्रह गरेको छ । उसले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भईरहेको कोभिड-१९ को परीक्षणलाई विश्वसनीय भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहमा डब्लु.एच.ओ.ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोली खटाएको थियो । डाक्टर जोनाथन एस्क्रोफ्ट नेतृत्वको टोलीको अध्ययन प्रतिवेदनका आधारमा डब्लु.एच.ओ.ले प्रयोगशालाको रिपोर्ट विश्वसनीय भनेको हो ।

हाल कोभिड-१९ को परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र भइरहेको छ । रिपोर्टमा प्रयोगशालाको जनशक्ति पनि राम्रो रहेको उल्लेख छ ।

डब्लु.एच.ओ.ले कोभिड-१९ परीक्षणको लागि क्षमता भने थप विस्तार गर्न भनेको छ । प्रयोगशालाबाट हालसम्म ६०० बढीको कोभिड-१९ परीक्षण भईसकेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.