Nepal's Trusted Health Online Portal

चीनले नेपाललाई भन्यो हामी साथमा छौँ

“हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरुलाई सहयोग पु¥याउन चिकित्सा सामग्री सकेसम्म मिलाउँदै छौं, हामी साथमा छौं ।”

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) लगभग नियन्त्रणमा लिएको चीनले नेपाललाई सघाउने बताएको छ । उसले नेपालमा कोरोना संक्रमण फैलिन नदिन चिकित्सा सामग्री सहयोगको तयारी भईरहेको बताएको हो ।

नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले ट्वीट मार्फत नेपाललाई सघाउने बताएकी हुन् । “हामी नेपालका लागि प्रार्थना गर्दैछौँ । हाम्रा नेपाली साथीहरुलाई सहयोग पु¥याउन चिकित्सा सामग्री सकेसम्म मिलाउँदै छौं, हामी साथमा छौं ।” यान्छीले ट्वीटमा भनेकी छन् । यसअघि पनि चीनले नेपालमा कोरोनाको परिक्षण र यसलाई फैलिन नदिन चासो दिँदै आएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट चीनमा ३ हजार २ सय ७७ जनाको मृत्यु भइसकेको छ । चीनले कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिन नदिन युद्धस्तरमा काम गरेर विश्वमै उदाहरण प्रस्तुत गरेको छ । अहिले चीनमा कोरोना संक्रमण नियन्त्रण उन्मुख रहेको छ ।

यसअघि नेपालले पनि चीनलाई मास्क सहित नागरिकस्तरबाटै हौसला प्रदान गर्दै चीनको लागि प्रार्थना गरेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.