२० माघ, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसाल बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका छन् ।
शुक्रबार आफैँले चलाएको गाडी अनियन्त्रित भई दुर्घटनामा परेपछि नेता भुसाल अस्पताल भर्ना भएका हुन् । नेता भुसाल गाडीको स्टेरिङले छातीमा लागेर बेहोस भएका थिए ।
आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै भुसाल आफैंले पनि सामाजिक सञ्जालमा अद्यावधिक गरेका छन् ।
अहिलेसम्म कुनै प्रकारको चोटपटक वा गम्भीर समस्या नरहेको साथै मेडिकल टेष्टको हालसम्मका रिपोर्टहरु समेत सामान्य रहेको भन्दै भुसालले लेखेका छन् । ‘चासो–चिन्ता व्यक्त गर्नुभएकोमा सबैप्रति आभार व्यक्त गर्दछु ।’