काठमाडौं । गण्डकी प्रदेशमा आइतवार बिहान मात्रै ३८ नयाँमा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा बागलुङ् र नवलपुरमा गरी ३८ जनामा संक्रमण देखिएको हो ।
आज थपिनेमा स्याङ्जाका १४, बाग्लुङ्का १०, गोरखाका १० र नवलपुरका ४ जना रहेका छन् । स्याङजाको वालिङ नगरपालिका स्थायी ठेगाना भएका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८ र ३२ वर्षीय पुरुषहरूमा कोरोना भाइरस देखिएको छ भने सोही जिल्लाको भीरकोट नगरपालिकाका ४५ वर्षीय एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
यता बागलुङको बडिगाड गाउँपालिकाका २५, ३२, २५, ५२, ४२, २२, २९, २६, २९ वर्षका पुरुषहरू पनि संक्रमित भएका छन् । संक्रमितमध्ये एकजनाको उमेर खुल्न नसकेको निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए । बागलुङकै ढोरपाटन नगरपालिकामा पनि थप एक संक्रमित फेला परेका छन् ।
गोरखामासमेत एकै दिन १० जनामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाको गण्डकी नगरपालिकाका २५, ३२, २०, ४३, ३०, २०, २१, २३ र २१ वर्षीय गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गोरखा जिल्लाकै पालुङटार नगरपालिकाका एक १७ वर्षीय युवकमा कोरोना भाइरस पुष्टि भएको छ ।
त्यस्तै, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हुप्सेकोट गाउँपालिकाका २०, ३५, ४५ र ३५ वर्षीय पुरुषहरूमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । नयाँ संक्रमितहरुलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभ हुनेहरूको संख्या १ सय १३ पुगेको छ । त्यसमध्ये बागलुङका २ र लमजुङका १ जना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस देखिएको छ ।
