Nepal's Trusted Health Online Portal

झण्डै २१ लाखले लगाए नेपालमा कोरोनाविरुद्वकाे खोप

Get real time updates directly on you device, subscribe now.

काठमाडौं: नेपालमा अहिलेसम्म २० लाख ९१ हजार जनाले काेराेना भाइरसविरुद्वकाे पहिलो डोज खोप लगाएका छन् ।

देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भारतले १० लाख डोज खोप अनुदानमा दिएपछि सरकारले १४ माघ २०७७ देखि खोप अभियान शुरु गरेको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मीसहित फ्रन्टलाइनहरुलाई खोप दिइएको थियो । सेरम इस्टिच्युटसँग २० लाख खोप किन्ने सहमति भएपनि १० लाख डोज मात्र नेपाल आइपुगेको छ ।

भारतीय सेनाले नेपाली सेनालाई दिएको ३ लाख ४८ हजार डोजसमेत जोड्दा कुल २३ लाख ४८ हजार कोभिशिल्ड खोप नेपालमा आइपुगेको थियो।

विभागका खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार १८ लाख १९ हजार ४३६ जनाले कोभिशिल्ड खोपको पहिलो डोज लगाएका छन् । कोभिशिल्डको पहिलो मात्र लगाएकामध्ये ३ लाख ३२ हजारले दोस्रो डोज पनि लगाइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।

यस्तै चीन सरकारले ८ लाख डोज अनुदानमा दिएपछि भेरोसिल्ड पनि नेपालमा आइपुग्यो । हालसम्म २ लाख ७१ हजार ५६४ जनाले भेरोसिल्डको पहिलो डोज लगाएका छन् । ४ लाख जनालाई भेरोसिल्ड खोप दिने लक्ष्य छ ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै बिहीबारदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत पहिलो र दोस्रो डोज लगाउने कार्यक्रम स्थागित भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.