१७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप तत्कालै उपलब्ध गराउनको लागि पहल गर्न रुसका राजदूत अलेक्सेई नोभिकोभलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओली र नेपालका लागि रुसका राजदुत नोभिकोभबीच बिहिबार बालुवाटारमा भेटवार्ता भएको थियो ।
भेटको अवसरमा प्रधानमन्त्री ओलीले नेपालले रुसबाट खरिद गर्न लागेको कोरोना भाइरस विरुद्धको खोप(स्पुतनिक–भी) तत्कालै उपलब्ध गराउने गरी पहल गर्न आग्रह गरेका हुन् ।
भेटको अवसरमा राजदूत नोभिकोभले कोरोना भाइरसविरुद्धको खोप तत्कालै उपलब्ध गराउने तर्फ आफुहरु सकारात्मक रहेको बताएका थिए ।
भेटको अवसरमा दुई देशीय सम्बन्धका विविध पक्षमा छलफल भएको थियो ।