Nepal's Trusted Health Online Portal

अक्सिजन प्लान्ट र एचडियुका लागि रु.१७ करोड ८७ लाख निकासा

Get real time updates directly on you device, subscribe now.

७ जेठ, रासस । सरकारले १३ अस्पतालमा अक्सिजन प्लान्ट स्थापना तथा एचडियू जडानका लागि रु. १७ करोड ८७ लाख ७० हजार निकासा दिएको छ । भक्तपुर क्यान्सर अस्पताल .रु २ करोड, जुम्लास्थित कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान रु. ५ करोड १२ लाख ७० हजार, चरिकोट अस्पताल रु. एक करोड ५५ लाख, जिरी अस्पताल रु. ८० लाख, बाजुरा अस्पताललाई रु. ७५ लाख, बझाङ अस्पतालका लागि रु. एक करोड ५५ लाख निकासा दिइएको अर्थ मन्त्रालयले आज जनाएको छ ।

यसैगरी डोटी अस्पतालक रु. ८० लाख, अछाम अस्पताल रु. ७५ लाख, सोलुखुम्बु अस्पतालरु ७५ लाख, खोटाङ अस्पताल रु. ७५ लाख, ताप्लेजुङ अस्पताल रु. ७५ लाख, सूर्यविनायक अस्पताल रु. ७५ लाख र मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका रु. एक करोड ५५ लाख प्रदान गरिएको छ ।

यसअघि सरकारले २६ वटा केन्द्रीय अस्पताल र नौ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि रु. २ अर्ब ९५ करोड २० लाख उपलब्ध गराएको थियो । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने सरकारको नीतिअनुरुप अस्पताल एवं स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक स्रोत उपलब्ध गराइएको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.