Nepal's Trusted Health Online Portal

डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने

Get real time updates directly on you device, subscribe now.

२३ जेठ, काठमाडौं । डेनमार्क सरकारले नेपालका लागि १४ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

डेनमार्कले कोरोना विरुद्धको एस्ट्राजेनिका खोप अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो । सो खोप युनिसेफ मार्फत उपलब्ध गराउन लागेको छ ।

डेनमार्क सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर १४ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने जानकारी गराएको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.भीम सिंह टिंकरीका अनुसार पत्र प्राप्त भए लगत्तै खोप ल्याउन सहजीकरणका गरिदिनका लागि युनिसेफलाई पत्र पठाइसकिएको छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा चीन सरकारले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त खोप यही २५ गते देखि ६० देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई दिने तयारी गरिएको छ ।

त्यस्तै कोभ्याक्स अन्तर्गत अमेरिकाले पनि नेपाललाई तत्कालै खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.