Nepal's Trusted Health Online Portal

अवैधरुपमा कोरोना खोप बेचबिखन गरिए कारबाहीः स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्दारा बुधबार जारी सूचनामा कोरोना भाइरसविरुद्धको खोप सरकारले निःशुल्क लगाइरहेकाले अवैधरूपमा बेचबिखन गरेको पाइएमा कारबाही गरिने उल्लेख छ ।

“अवैधरूपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुनबमोजिम कडा कारबाही हुने छ”, सूचनामा भनिएको छ, “कोरोनाविरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानीय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा जानकारी गराउन अनुरोध छ ।”

सरकारले खोप अभियान सञ्चालन गरी सबै नागरिकलाई खोप लगाइरहेको छ । अहिले १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्र्थीलाई र १८ वर्षभन्दा माथि सबैलाई खोप लगाइरहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.