Nepal's Trusted Health Online Portal

फागुन १ गतेबाट विद्यालय खुलाउन सीसीएमसीसीको सिफारिस

Get real time updates directly on you device, subscribe now.

२३ माघ, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले फागुन १ गतेबाट विद्यालय खोल्न सरकारलाई सिफारिस गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को आइतबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल बन्द रहेका विद्यालयहरु आगामी फागुन १ गतेबाट सञ्चालन गर्न दिन सिफारिस गरेको हो ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण तीब्र रुपमा फैलिन थालेपछि गत पुस २५ गते बसेको सीसीएमसीसीको बैठकले सबै विद्यालयमा भौतिक उपश्थितिमा पठनपाठन बन्द गर्न सिफारिस गरेको थियो ।

हाल बन्द रहेका विद्यालय सञ्चालन गर्न दिने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रवक्ता नेपालका अनुसार विद्यालय खोल्दा खेरी १२ वर्षमाथिका बालबालिकाको लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालकालिकाको लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्ने गरि सिफारिस भएको छ ।

कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीसीको आज बसेको बैठकले जोरबिजोर हटाउन पनि गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

त्यस्तै, फागुन १ गतेदेखि नै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखानालगायतका क्षेत्र पनि सञ्चालन गर्न दिन सिफरिस गरेको छ । रात्रिकालीन व्यवसायहरुलाई भने राति १० बजेसम्म मात्र सञ्चालन गर्न दिन सीसीएमसीसीले सिफारिस गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.