Nepal's Trusted Health Online Portal

१२ जिल्लामा समुदाय स्तरमा कोरोना फैलियाे : स्वास्थ्य मन्त्रालय

Get real time updates directly on you device, subscribe now.

१६ भदाै, काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा कोरोना समुदाय स्तरमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले मंगलवार नेपालमा कोरोना संक्रमण समुदायस्तरै फैलिसकेको बताएका हुन् ।

पहिले विदेशबाट आएकामा मात्र संक्रमण देखिएकामा अहिले संक्रमितमध्ये ९६ प्रतिशत स्थानीय छन्, तिवारीले भने । “तथ्यांङ्कको वैज्ञानिक विश्लेषण गर्दा नेपालका १२ जिल्लामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको निष्कर्षमा पुगिएको छ,” उनले बताए ।

अहिले १२ जिल्लामा मात्रै ७३ प्रतिशत सक्रिय संक्रमित रहेको उल्लेख गर्दै डा. तिवारीले यसले ती जिल्लामा समुदाय स्तरमा संक्रमण फैलिएको पुष्टि भएको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालका १२ जिल्ला- मोरङ, सुनसरी, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन् । जनस्वास्थ्य सल्लाहकार तिवारीले यी जिल्ला कोरोनाको हटस्पट बनेको बताउँदे ती जिल्लामा संक्रमण समुदायस्तरमै फैलिएको बताएका छन् ।

नेपाल समुदाय संक्रमणकै चरणमा प्रवेश गरिसकेकाले सरकार तथा नागरिक अत्यन्त सजन हुनुपर्ने अवस्थामा आएको डा. तिवारीले सुझाव दिए ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.