Nepal's Trusted Health Online Portal

उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

Get real time updates directly on you device, subscribe now.

१७ भदौ, काठमाडौं । काठमाडौँ उपत्यकामा गत भदौ ३ गते देखि जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । उपत्यकामा निषेधाज्ञा लम्ब्याउनेबारे आजै निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

भट्टका अनुसार निषेधाज्ञा थप्ने सम्बन्धमा छलफल भएको र बुधबार नै निर्णय हुनेछ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा खुकुलो पार्ने कि कडाइका साथ लागू गर्ने सम्बन्धमा निर्णय लिन सकेको थिएन ।

निषेधाज्ञा केही खुकुलो पारेर स्वास्थ्यसुरक्षा मापदण्डको पूर्ण रुपमा पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता लम्ब्याउने गरी छलफल भइरहेको छ ।

उपत्यकाका तीनै जिल्लामा कोरोना सङ्क्रमण दिनहुँ जसो बढेर नयाँ रेकर्ड कायम गरिरहेको छ । अहिले देशभरी नै सबैभन्दा बढी संक्रमित काठमाडौँ उपत्यकामा थपिइरहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा कोरोनाको संक्रमण समुदाय स्तरमा नै फैलिइसकेको बताएको छ ।

उपत्यकाभित्र अत्यावश्यक सेवासहित सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्थाहरु समेत आशिंक सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप देखिएको छ ।

भदौ ३ गते बुधबार मध्यरातबाट जारी एक हप्ता लामो निषेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म लम्ब्याइएकोे थियो ।

उद्योगी, व्यापारी तथा व्यवसायीले निषेधाज्ञा केही खुकुलो पार्नुपर्ने माग गरिरहेका बेला स्थानीय जनप्रतिनिधि, नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.