Nepal's Trusted Health Online Portal

सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.४४०० तोक्यो

Get real time updates directly on you device, subscribe now.

१४ भदौ काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.४ हजार ४ सय तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सरकारले यसअघि पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेको थियो । त्यसमा रु.११०० घटाएर रु.४४०० मात्र शुल्क तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कीट लगायतका परीक्षण सामग्रीको बजार मुल्य घटेका कारण पिसिआर परीक्षण शुल्क घटाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले परीक्षण सामग्रीको बजार मुल्य अनुरुप परीक्षण शुल्क परिमार्जन गर्दै लगिने समेत बताएको छ ।

सरकारले नेपालमा कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएपछि विभिन्न सरकारी प्रयोगशालाहरुबाट निशुल्क पिसिआर परीक्षण गरिरहेको छ ।

कन्ट्याक्ट ट्रेसिङको आधारमा मात्रै कोरोना परीक्षण गरिरहेको सरकारले केही समय अघि स्वेच्छुक रुपमा शुल्क तिरेर निजी प्रयोगशालाहरुले पनि पिसिआर परीक्षण गर्न पाउने गरी नियमावली बनाएको थियो ।

नियमावली अनुसार इच्छुकहरुले शुल्क तिरेर निजि तथा सरकारी प्रयोगशालामा समेत कोरोना भाइरसको पिसिआर परीक्षण गर्न सकिने व्यवस्था गरिएको थियो ।

अहिले लक्षण नभएका र संक्रमितको सम्पर्कमा नभएकाहरुले पिसिआर परीक्षण गरिरहेका निजि तथा सरकारी प्रयोगशालाहरुमा स्वेच्छुक रुपमा शुल्क तिरेर पिसिआर परीक्षण गर्न सकिन्छ ।

हाल ११ निजिसहित ४५ ओटा प्रयोगशालाहरुबाट कोरोना भाइरसको पिसिआर परीक्षण भइरहेको छ । अहिले स्वेच्छुक रुपमा पिसिआर परीक्षण गराउँदा सरकारी प्रयोगशालाहरुले रु.५५०० र निजिले रु.५५०० देखि रु.७००० सम्म शुल्क लिइरहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.