Nepal's Trusted Health Online Portal

नागढुंगामा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने एक जना पक्राउ

Get real time updates directly on you device, subscribe now.

४ जेठ, काठमाडौं । नागढुंगामा डा.नारायण कार्की लगायतका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ गरिएको र उनीविरुद्ध स्वास्थ्यकर्मीमाथी अभद्र व्यवहारको कसूरसम्बन्धी अभियोगमा कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् ।

पक्राउ परेका उत्तम कार्की लगायतको समुहले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुव्र्यवहार गरेका थिए ।

परिचयपत्र देखाएपछि पनि उक्त समुहले निर्देशक कार्कीको झोलासमेत खानतलासी गरेका थिए । उक्त समुहले खिचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल हुनुका साथै विषम परिश्थितिमा खटिएका स्वास्थ्यकर्मीमाथी भएको अभद्र व्यवहारको चौतर्फी विरोध भएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.