४ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रुपन्देहीस्थित श्रमजिवी पत्रकारहरुका लागि रु. ९० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
शनिबार वुटवलस्थित नेपाल पत्रकार महासंघको जिल्ला कार्यालयमा १ हजार २ सय ५० केजी चामल, १०० केजी दाल, ५० लिटर तेल, सावुन सहितको सामग्री नेपाल पत्रकार महासंघ रुपन्देहीका सभापति यानेन्द्र जिसीलाई शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनाल, रुपन्देही शाखा सभापति धनपति खनाल सम्मिलित शान्ति समाजको टोलीले हस्तान्तरण गरेको थियो ।
विषम परिश्थितिमा खटिएका पत्रकारहरुका लागि साझा हस्पिटल वुटवलबाट रु.२९ हजार, शान्ति समाजका सदस्यहरु खेमलाल कंडेलबाट रु.१७ हजार, कमल ढुंगानाबाट रु.१७ हजार, गणेश पाण्डेबाट रु.११ हजार, ज्ञानप्रसाद खनालबाट रु.११ हजार र शैशव खनालका अभिभावकबाट रु.५ हजार सहयोग प्राप्त भएको मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाकी कार्यक्रम अधिकृत सरिता पौडेल जानकारी दिएकी छिन् ।