Nepal's Trusted Health Online Portal

अस्पतालको आइसोलेसनमा उपचाररत अछामकी एक महिलाको मृत्यु

मृतकलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

१८ बैशाख, काठमाडौं । अछाम जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।

अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी मंगलसेन नगरपालिका ५ की देवु सार्कीको मुत्यु भएको हो । मृतकलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको थियो । ५१ बर्षीय सार्कीको आरडिटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो ।

उनको पिसिआर परीक्षणका लागि नमुना प्रयोगशाला पठाइएको भएपनि रिपोर्ट आउन बाँकी छ । उनलाई केही दिन अघि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.