१८ बैशाख, काठमाडौं । चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलको ‘बेलासे’ भूमिकामा अभिनय गरेका हाँस्यकलाकार सुवास कार्कीलाई कोरोना संक्रमण भएको छ ।
उनी २ बर्षयता बेलायतको लण्डनमा बस्दै आएका छन् । कार्कीलाई केहीदिन अघि कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि भएपछि उनी घरैमा आइसोलेसनमा बसिरहेका छन् ।
भद्रगोलका निर्देशक अशोक धितालले फेसबुक स्ट्याटस् मार्फत कार्कीलाई कोरोना संक्रमण भएको र बेलायतमा घरैमा आराम गरिरहेको बताएका छन् ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । कोरोना भाइरसको संक्रमण बढेपछिपनि नेपालमा भन्दा राम्रो उपचार हुने ठानेर उनी लण्डनमै बसेका थिए ।
बेलायतमा हालसम्म १७ जना गैरआवासीय नेपालीहरुको कोरोना भाइरस संक्रमणको कारण ज्यान गइसकेको छ । बेलायत लगायत अन्य थुप्रै मुलुकमा रहेका नेपालीहरुमा कोरोनाको संक्रमण देखिएको छ ।