६ माघ, काठमाडौँ । नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् ।
ललितपुरस्थित सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले शुक्रबार डिस्चार्ज भएका हुन् ।
पुनको स्वास्थ्यमा सामान्य सुधार आएपछि चिकित्सकको निगरानीमा बस्ने गरी डिस्चार्ज गरिएको उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले जानकारी दिए ।
डा.शर्माका अनुसार पुनलाई डिस्चार्जपछि नियमित औषधिको सेवन र घरमा चिकित्सकको निगरानी तथा बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिइएको छ ।
यसअघि पुनको कलेजोमा ८५ प्रतिशतसम्म खराबी देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता थपिँदै जाने चिकित्सकहरुले बताएका छन् ।