Nepal's Trusted Health Online Portal

डिस्चार्ज भइन् बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । बाग्लुङकी कोरोना संक्रमित ६५ बर्षीय महिला अस्पतालबाट डिस्चार्ज भएकी छिन् । यसअघि उनको शनिबार भएको कोरोना संक्रमण परीक्षणको अन्तिम रिपोर्ट नेगेटिभ आएको थियो ।

सुगर र प्रेसरको औषधी सेवन गरीरहेकी उनलाई दुई साता होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरिएको अस्पताल श्रोतले जनाएको छ । उनको २४ घण्टा भित्र २ पटक संक्रमण परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।

डिस्चार्ज पछि उनले सन्सार हल्लाएको रोगलाई जीतेकोमा खुसी भएको प्रतिक्रिया दिएकी छन् । आत्मविश्वासकै कारण रोगलाई जितेको भन्दै संक्रमितलाई मनोवल उच्च बनाउन र नआत्तिन सुझाव दिएकी छन् ।

बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनको गत चैत २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसअघि उनीसंगै कतार एयरलाइन्सको विमानबाट नेपाल आएकी काठमाडौंकी प्रसिद्धि श्रेष्ठ निको भएर शनिबार नै घर फर्किसकेकी छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई धौलागिरी अञ्चल अस्पतालको आइसोेलेसनमा राखेर उपचार गरिइएको थियो । ३ साताको उपचारपछि उनी निको भएर घर फर्किएकी हुन् ।

यससंगै नेपालमा ३ जना कोरोना संक्रमित निको भएका छन् । बाँकी सबै संक्रमित उपचाररत रहेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.