Nepal's Trusted Health Online Portal

उदयपुर मस्जिदका थप १ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित उदयपुरको मस्जिदमा रहेका १६ मध्येकै एक हुन् ।

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । नेपालमा शनिबार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित उदयपुरको मस्जिदमा रहेका १६ मध्येकै एक हुन् ।

संक्रमित ६५ बर्षका पुरुष रहेका छन् । मोरङको एक क्वारेन्टाइनमा रहेका उनलाई भोलि कोशी अञ्चल अस्पताल लगिने उक्त अस्पताल श्रोतले जनाएको छ । उनीसंगै अन्य ३ जना पनि क्वारेन्टाइनमा नै रहेका छन् ।

यस अघि उदयपुरको भुल्के स्थित मस्जिदमा रहेका १६ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा बाँकी ४ को पुन परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको हो । उनीहरु भारतीय नागरिक रहेको र मोरङ, सुनसरी, सप्तरी हुँदै उदयपुर पुगेको बताइएको छ ।

मस्जिदमा रहेका १६ जनाको स्वाब परिक्षणका लागि बुधबार कोशी अञ्चल अस्पताल पठाइएको थियो । अस्पतालको प्रयोगशालामा कोरोना पोजिटिभ देखिएपछि पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । पिसिआर परीक्षणबाट १६ मध्ये १२ जना पुरुषहरुमा कोरोना पोजिटिभ देखिएको थियो । रिपोर्ट नेगेटिभ आएका बाँकी ४ जनालाई भने क्वारेन्टाइनमा राखिएको थियो । उनै ४ जना मध्ये शनिबार १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सरकारले कोरोना भेटिएको उदयपुरको उक्त बस्तीलाई सिल गरेको छ भने बस्तीका ६९ जनाको स्वाब परिक्षणका लागि बिराटनगर पठाएको छ ।

यससंगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) को कुल संक्रमित संख्या ३१ पुगेको छ । शनिबार सम्म ३ जना भने उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.