Nepal's Trusted Health Online Portal

भारतमा कोरोना संक्रमणबाट लोकपाल सदस्यको मृत्यु

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २३ पुगेको छ ।

Get real time updates directly on you device, subscribe now.

२१ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण भारतीय लोकपालका न्यायिक सदस्य ए.के. त्रिपाठीको मृत्यु भएको भारतीय मिडियाहरुले समाचार प्रसारण/प्रकाशन गरेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि १ महिना अघि त्रिपाठीलाई दिल्लीको एम्स अस्पतालको ट्रमा केयर सेन्टरमा भर्ना गरिएको थियो । स्वास्थ्य परीक्षणपछि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ६२ बर्षीय त्रिपाठीको शनिबार राति ८:४५ बजे मृत्यु भएको हो । तीन दिनदेखि गम्भीर भएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनी अन्तिम पटक मार्च २० तारिखमा कार्यालय गएका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि लोकपालको कार्यालय रहेको भवनलाई निसंक्रमण गरिएको थियो । सबै लोकपाल सदस्यहरु दिल्लीको किदवारी नगरस्थित अपार्टमेन्टमा बस्दै आएका छन् । उक्त अपार्टमेन्टमा पनि निसंक्रमणको प्रयास गरिएको थियो । त्रिपाठीको छोरी र भान्सेलाई पनि कोरोना संक्रमण पुष्टि भएकोमा उपचारपछि भने उनीहरु निको भएका छन् ।

रिटायर्ड न्यायाधिस त्रिपाठीलाई सन् २०१९ मार्च २७ मा कानुन मन्त्रालयले लोकपाल सदस्यमा नियुक्त गरेको थियो । यसअघि उनी छत्तीसगढ उच्च अदालतको मुख्य न्यायाधीश थिए । उनी हाल भारतीय लोकपालको भ्रष्टाचार विरुद्ध अनुसन्धान गर्ने ४ सदस्सीय न्यायिक समितिको एक सदस्य हुन् ।

भारतमा यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ हजार ३ सय २३ पुगेको छ । त्यस्तै ३९ हजार ६ सय ९९ जनालाई संक्रमण भएको छ । भारतले मे ३ सम्म घोषणा गरेको लकडाउन थप दुई हप्ता बढाएको छ । तर लकडाउनको मोडल परिवर्तन गरेर केही खुकुलो पारेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.