काठमार्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिका जारी गरेको छ ।
निर्देशिकामा आयूर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी रोगसँग लड्न सक्ने क्षमता बढाउने, घरमा उपलब्ध सामग्रीहरुलाई कसरी सही ढङ्गले प्रयोग गर्ने भन्ने लगायतका कुरा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
कोरोना सम्बन्धी बुधबारको अपडेट दिने क्रममा डा.देवकोटाले आयूर्वेद र वैकल्पिक चिकित्सा निर्देशिकाबारे जानकारी दिएका हुन् । क्वारेन्टाइनमा भएको बेला र लकडाउन अवधीमा घरमा रहेको बेला निरासापन तथा डिप्रेशनलाई कसरी कम गर्ने, रिकभरी भइसकेका व्यक्तिहरुलाई पोष्ट रिकभरी पिरियडमा पुनःस्र्थापनाका लागि कसरी सहयोग गर्ने र योगा अभ्यास तथा व्यायामका विषयहरु यस निर्देशिकामा उल्लेख गरिएको छ ।
लकडाउनको बेला घरमा बस्दा धेरै मानिसहरुमा मानसिक तथा अन्य शारिरीक समस्या उत्पन्न हुन सक्छ । यसलाई न्युनीकरण गर्न र इम्युनिटि पावर बढाउन आयूर्वेद र अन्य वैकल्पिक उपचार विधीहरु निकै प्रभावकारी हुने सम्बन्धित चिकित्सकहरुले बताउँदै आएका छन् ।