१५ जेठ, काठमाडौँ । सरकारले अक्सिजन उद्योग सञ्चालनार्थ आवश्यक उपकरणमा भन्सार र मुल्य अभिवृद्धी कर छुट दिने भएको छ ।
आर्थिक बर्ष ०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले अक्सिजन उद्योग सञ्चालनका लागि आवश्यक सामग्रीमा भन्सार तथा मुल्य अभिवृद्धी कर पूर्ण रुपमा छुट गरिएको बताए ।
त्यस्तै सरकारले आगामी आर्थिक बजेटको बजेटमा सामुदायिक तथा निजी अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट जडान गर्दा कुल लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिने भएको छ ।
पौडेलले कोरोना महामारी अवधीमा अक्सिजन उद्योगहरुको विधुत महशुलमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको पनि जानकारी दिए ।