Nepal's Trusted Health Online Portal

डीएसपीसहित रौतहटका २० प्रहरीमा कोरोना पुष्टि

Get real time updates directly on you device, subscribe now.

२४ भदौ । एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र दुई प्रहरी निरीक्षकसहित रौतहट जिल्लाका २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

इलाका प्रहरी कार्यालयका एक प्रहरी नायव उपरीक्षक, दुई प्रहरी निरीक्षक तथा अन्य १७ जना प्रहरी जवानहरुको पिसिआर रिपोर्ट पोजिटिभ आएका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिए ।

यसअघि प्रहरी कार्यालयका कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय निसंक्रमण गरी अत्यावश्यक कार्यका लागि मात्र सुचारु गरिएकोमा पिसिआर नमुना पठाइएका मध्ये २० प्रहरीको रिपोर्ट बुधबार पोजिटिभ आएको हो ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अहिले संक्रमित प्रहरीलाई चन्द्रपुर–२ को आइसोलेसनमा पठाइएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.