Nepal's Trusted Health Online Portal

डिस्चार्ज भए कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित

Get real time updates directly on you device, subscribe now.

२६ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना निको भएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण निस्क्रिय देखिएपछि उनीहरुलाई डिस्चार्जको गरिएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका भुल्के मस्जिदमा बसेका १६ जना भारतीय जमाती सहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमध्ये कोरोना संक्रमण निस्क्रिय भएका ६ जनालाई यसअघि बुधबार नै डिस्चार्ज गरिएको थियो । तीनै मध्येका थप ८ जना पनि उपचारपछि निको भएका हुन् ।

संक्रमण मुक्त भएकाहरुको कोशी अस्पतालको ल्याबमा तीन पटक परीक्षण गरिएको थियो । उपचाररत एक महिला र सात जना पुरुषको पछिल्लो ३ पटक सम्मको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । निको भएकाहरुलाई प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बिदाइ गरेका छन् ।

कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा ३१ जना संक्रमित भर्ना भएका थिए । उपचाररत १४ जना निको भएपछि अब १७ जना एक्टिभ संक्रमित त्यहाँ उपचाररत हुने छन् ।
अस्पतालमा उदयपुरका २८ जना कोरोना संक्रमित उपचारका लागि भर्ना भएका थिए । अरु ३ जनामध्ये दुईजना झापा र एक जना भोजपुरका संक्रमित हन् ।

यससंगै नेपालमा २७ जना निको भएका छन् । यसअघि निको भएर डिस्चार्ज गरिएका ३ जनामा पुन संक्रमण भएपछि उनीहरु थप उपचारमा रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा अहिले सम्म १०१ जनामा कोरोना संक्रमण भेटिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.