१५ भदौ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचारत एक पुरुषको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।
भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरूषको सोमबार बिहान ७ः२० बजे उपचारको क्रममा मृत्यु भएको हो ।
भदौ २ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनलाई स्वास्थ्यमा थप समस्या भएपछि भरतपुर अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पतालको आइसियु कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
कोभिड–१९ बाट चितवनमा हालसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् ।