Nepal's Trusted Health Online Portal

थप २ हजार ४४५ लाई कोरोना संक्रमण, १ हजार २५८ संक्रमणमुक्त

४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १८ हजार ३६० पुगेको छ । गत २४ घण्टामा ७ हजार ८३३ आरटी पीसीआर विधी र ३ हजार ८३१ एन्टिजेन…

प्रधानमन्त्री देउवा र मोदीबीच टेलिफोन वार्ता, चाँडै खोप उपलब्ध गराउने मोदीको वचन

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । टेलिफोन कुराकानीको क्रममा नेपाललाई छिट्टै कोभिडविरुद्धको खोप उपलब्ध गराउने आश्वासन दिएका छन् । मोदीले प्रधानमन्त्री देउवालाई…

स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

४ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवातर्फको सचिव पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य…

प्रधानमन्त्री देउवाद्दारा जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप अभियानको शुभारम्भ गरेका छन् । जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल पुगेर देउवाले अमेरिकी खोप अभियानको शुभारम्भ गरेका हुन् । खोपको…

अमेरिकाले दिएको जोनसन एण्ड जोनसोन खोप आजबाट लगाइँदै

४ साउन, काठमाडौं । एक डोज मात्रा लगाए पुग्ने कोभिडविरुद्धको जोनसन एण्ड जोनसन खोप आजबाट लगाइँदै छ । संयुक्त राज्य अमेरिकाले १५ लाख ३४ हजार ४५० डोज जोनसन एण्ड जोनसन खोप कोभ्याक्स खोप कार्यक्रम अन्तर्गत नेपाललाई प्रदान गरेको हो । जोन्सन…

थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५५०

३ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतबार देशभरी १ हजार ८०१ जनामा…

आइतबार थपिए १ हजार ८०१ कोरोना संक्रमित, १ हजार ६६७ निको भए

३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १५ हजार ९१५ पुगेको छ । गत २४ घण्टामा ६ हजार ६२८ आरटी पीसीआर विधी र ३ हजार एन्टिजेन गरी…

प्रधानमन्त्री देउवाले भोली खोप केन्द्रहरुको स्थलगत अनुगमन गर्ने

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली विभिन्न खोप केन्द्रहरुको अनुगमन गर्ने भएका छन् । भोलीबाट सञ्चालन हुने अमेरिकाले प्रदान गरेको जोन्सन एण्ड जोन्सन खोप अभियानका क्रममा प्रधानमन्त्री देउवाले भोली १० बजे देखि विभिन्न…

कोभिड जोखिमका बीच जनजीवन सामान्य बन्दै

२ साउन, रासस ।  मुलुकभर गत वैशाख-जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ ।…

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५२७

२ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार देशभरी १ हजार ८७५ जनामा…