Nepal's Trusted Health Online Portal

क्यान्सर पीडित बालबालिकाको उपचारमा बागमती प्रदेशको ५० हजार

२३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकाहरुलाई उपचार खर्च स्वरुप ५० हजार रुपैँयासम्म उपलब्ध गराउने भएको छ । प्रदेशले कान्तिबाल अस्पतालमा उपचाररत क्यान्सर रोग लागेका बालबालिकालाई सो उपचार खर्च उपलब्ध गराउने भएको…

मुटुको शल्यक्रियामा अत्यावश्यक ३०० अक्सिजेनेटर मेसिन नेपाल ल्याइयो

२२ साउन, काठमाडौं । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन नेपाल ल्याइएको छ । अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो । अमेरिकाबाट ३००…

२४ घण्टामा थपिए कोरोनाका ५५३ जना संक्रमित, ४३३ जना निको भए

२२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ५५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ७८९ नमुना परीक्षण गरिएकोमा ५५३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

शुक्रबार एकैदिन ९१२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२० साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ४९१ नमुना परीक्षण गरिएकोमा ९१२ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

मंकीपक्सको संक्रमण बढेपछि अमेरिकामा राष्ट्रिय जनस्वास्थ्य संकटकाल घोषणा

२० साउन, स्वास्थ्य पोष्ट् । मंकीपक्सको बिरामी तीब्र रुपमा बढ्न थालेपछि अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अमेरिकामा हालसम्म ६ हजार ६ सय जनामा मकींपक्सको संक्रमण भएको छ । राष्ट्रिय संकटकाल घोषणा गरिनु अघि विभिन्न राज्य…

नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी चलाउने

२० साउन, काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियान अन्तर्गत शनिवार (साउन २१ गते ) विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकले शनिवार विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र बिहान ९ बजेदेखि…

वी.पी.प्रतिष्ठानमा शल्यक्रिया गरी ९ केजीको ट्युमर निकालियो

१९ साउन । वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा नौ के.जी. बराबरको ट्युमरको सफल शल्यक्रिया भएको छ । सप्तरीका एक ५५ वर्षीय पुरुषको जटिल शल्यक्रियामार्फत सफलतापुर्वक ट्युमर निकालिएको हो । उनको गत साउन ९ गते शल्यक्रिया गरिएको…

२४ घण्टामा थप १ जना कोरोना संक्रमितको मृत्यु

१९ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा एक जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार…

बिहीबार ७६० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित ५ हजार ६०२

१९ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ९२६ नमुना परीक्षण गर्दा ७६० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा २ हजार ५८९…

चिकित्सा शिक्षा स्नातक तहमा सःशुल्क पूर्वभर्नासूची प्रकाशित

१९ साउन, काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको सःशुल्कतर्फका सिटहरुमा म्याचिङ हुने उम्मेद्वारहरुको पूर्वभर्नासूची प्रकाशन गरेको छ । आयोगले यही साउन १२ गते प्रकाशन गरेको सूचना अनुसार पूर्वमनोनयनको सूचीमा परेका…