Browsing Category
स्वास्थ्य समाचार
बिहीबार बिहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ४४४ पुग्यो
८ जेठ, काठमाडौं । नेपालमा बिहीबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । झापाका १५ जना, धनकुटाका १ जना र सुनसरीका १ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
धरानस्थित विपी कोइराला…
काठमाडौंको मैतीदेवी क्षेत्र सिल
जेठ ७, काठमाडौं । कोरोेना भाइरस (कोभिड–१९) को संक्रमित भेटिएपछि काठमाडौं महानगरपालिकाको मैतीदेवी क्षेत्र सिल गरिएको छ ।
मंगलबार रामेछापमा भेटिएका कोरोना संक्रमित मैतीदेवीमा बस्ने गरेको जनाइएको छ । सिल गरिएको क्षेत्रमा कोही पनि व्यक्तिलाई…
कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज, नेपालभर ४५ जना निको भए
७ जेठ, काठमाडौं । विराटनगरको कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो परीक्षणहरुमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
आज डिस्चार्ज हुनेहरुमा ५ जना भारतीय जमाती र ३ जना उदयपुर,…
बुधबार २५ जना कोरोना संक्रमित थपिए, नेपालभर ४२७ संक्रमित भए
७ जेठ, काठमाडौं । बुधबारसम्म नेपालभर थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नयाँ २५ जना संक्रमितहरु थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् ।
थपिएका नयाँ…
गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैनः क्रिमसन अस्पताल
क्षमायाचना र भुलसुधारः
'गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु' शीर्षकको समाचारमा तथ्यगत त्रुटी हुन गएको हुँदा सम्पूर्ण पाठक वर्ग र बिरामीका परिवारजनमा परेको असर प्रति क्षमायाचना गर्दछौं ।
उक्त समाचार प्रदेश नं ५ का सामाजिक विकास…
काठमाडौंका दुईजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण
७ जेठ, काठमाडौं । काठमाडौंका दुई जना प्रहरीलाई कोरोना संक्रमण भएको खुलेको छ ।
महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत एकजना सई र एकजना प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको छ । उनीहरु बस्ने ब्यारेकका सबै प्रहरीहरुको पिसिआर परीक्षण गरिने…
नेपालमा डाक्टरलाई पनि कोरोना संक्रमण
६ जेठ, काठमाडौं । मंगलबार ललितपुरमा देखिएका संक्रमित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक रहेको खुलेको छ ।
मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको २७ जना नयाँ कोरोना संक्रमितहरुको सुचीमा ललितपुरका एक थिए ।…
इच्छुकले अबदेखि शुल्क तिरेर कोरोना परीक्षण गर्न पाइने
६ जेठ, काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्वेच्छुक रुपमा शुल्क तिरेर कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न पाउने निर्णय गरेकोे छ ।
अब लक्षण नदेखिएकाहरुले पनि सार्वजनिक स्वास्थ्य संस्थाहरुमार्फत सशुल्क आरडिटी तथा पिसिआर परीक्षण गर्न सक्ने…
काठमाडौं सहित १३ जिल्लाका थप २७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४०२ पुग्यो
६ जेठ, काठमाडौं । नेपालमा मंगलबार दिउँसो २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु १७ देखि ४२ बर्ष उमेरसमुहका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंका ३, भक्तपुरका १, ललितपुरका १,…
कोरोनाबाट कसैको मृत्यु नहोस् भन्ने सरकारी प्रयास असफल भयोः प्रधानमन्त्री
६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु नहोस् भन्ने सरकारको प्रयास विफल भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रमका सन्दर्भमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा…