Nepal's Trusted Health Online Portal

वीरगञ्जमा मत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि, २ गते पठाइएको स्वाबको १२ गते रिपोर्ट

१२, जेठ । वीरगञ्जमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार गरिएका उनको मृत्यु पश्चात अन्त्यष्टि पनि गरिसकिएको छ । बाराका ७० बर्षीय वृद्धलाई गत जेठ २ गते वीरगञ्जको नेशनल मेडिकल…

काठमाडौं सहितका ९ जिल्लामा थपिए एकैपटक ७२ कोरोना संक्रमित, संक्रमित संख्या ६७५ पुग्यो

१२ जेठ, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप ७२ जनाको ठूलो संख्यामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं सहितका ९ जिल्लाका ७२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबै…

४ महिने शिशुसहित नारायणी अस्पतालबाट थप १८ जना कोरोना संक्रमित डिस्चार्ज

१२, जेठ । नारायणी अस्पतालमा उपचाररत १८ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत एकै परिवारका १८ जना आइतबार राती नै डिस्चार्ज भएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेहरुमा ४ महिनाको शिशु देखि ६६ बर्षका वृद्धसम्म…

बाँकेको नरैनापुर निषेधित क्षेत्र घोषणा, सेना परिचालन गरिँदै

जेठ ११, काठमाडौं । कोरोेना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण बाहिर जान थालेपछि बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । बाँके जिल्ला सुरक्षा समितिको बैठकले आइतबार राति ८ बजेबाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ…

नुवाकोट सहित ८ जिल्लाका थप १९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ६०३ पुग्यो

११ जेठ, काठमाडौं । नेपालमा आइतबार दिउँसो थप १९ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षण अनुसार मोरङ बारदेशी–०३ का ४५ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको…

विश्वभरका ३ लाख ४२ हजार बढी कोरोना संक्रमितको मृत्यु, ५३ लाख बढीमा संक्रमण

११ जेठ, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ३ लाख ४२ हजार १०४ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ५३ लाख ११ हजार ८९ पुगेको छ । संक्रमितमध्ये २१ लाख १२ हजार १ सय ९८ जना निको…

पुनः संक्रमितसहित नारायणी अस्पतालबाट ९ जना डिस्चार्ज, नेपालभर ७९ जना कोरोनामुक्त भए

१०, जेठ । शनिबार साँझ नारायणी अस्पतालमा उपचाररत ९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत ९ जना संक्रमितहरुको पछिल्लो कोरोना परीक्षण रिपोर्ट लगातार नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।…

शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५८४ पुग्यो

१० जेठ, काठमाडौं । नेपालमा शनिबार दिउँसो एकैपटक थप ३६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । बाँके जिल्लाका २७ जना, बैतडीका ४ जना, सुर्खेतका ३ जना तथा बर्दिया र झापाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य…

काठमाडौं सहित ६ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५४८ पुग्यो

१० जेठ, काठमाडौं । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवन जिल्लाका गरी ३२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

शुक्रबार साँझ पुनः ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१६ पुग्यो

९ जेठ, काठमाडौं । नेपालमा शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मकवानपुर, भक्तपुर, सप्तरी र बारा जिल्लका गरी ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितहरु सबै जना…