Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

निको भए कोशी अस्पतालमा उपचाररत थप ८ जना कोरोना संक्रमित

२५ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको छ ।…

कपिलवस्तुमा पनि भटियो २ जना कोरोना संक्रमित, नेपालमा संक्रमित संख्या १०१ पुग्यो

२५ बैशाख, काठमाडौं । नेपालमा बिहीबार साँझ थप २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तुका २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । थपिएका २ जनामा कपिलवस्तु ०८ निवासी १६ र २२…

भरतपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम

२५ बैशाख, रासस । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतमलाई नियुक्त गरिएको छ । काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उहाँलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा…

नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सजग हुन प्रधानमन्त्री ओलीको आह्वान

२५ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण भयावह हुने लक्षण देखिएको भन्दै सबैलाई सजग रहन आह्वान गरेका छन् । २५ सय ६४औँ बुद्ध जयन्तीको अवसरमा बिहीबार भिडियो मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री…

आज २५६४औँ बुद्ध जयन्ती, साँझ ७ बजे दिपावली गर्न सरकारको आव्हान

२५ बैशाख, काठमाडौं । आज बैशाख शुक्लपूर्णिमा अर्थात २५ सय ६४औँ बुद्ध जयन्ती । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि बैशाख शुक्लपूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीहरुले त्रिसंयोग दिवसका रुपमा लिने…

विराटनगरको कोरोना अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमित निको भए

२३ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक निको भएका छन् । पछिल्लो पटक गरिएको तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्जको तयारी गरिएको हो । उदयपुरको त्रियुगा…

१२० जना संक्रमित र सम्भावित संक्रमितहरु आइसोलेसनमा, ६६ हजार ७७ नमुना परीक्षण गर्दा ८२ जनामा संक्रमण…

२३ बैशाख, काठमाडौं । नेपालमा मंगलबारसम्म ६६ हजार ७७ जनाको आरडिटी तथा पिसिआर दुवै विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । परीक्षण गरिएकाहरुमध्येबाट ८२ जनामा संक्रमण पाइएको छ । स्वास्थ्य…

जुम्लाबाट पनि कोरोना भाइरसको पिसिआर परीक्षण सुरु

२३ बैशाख, काठमाडौं । कर्णाली प्रदेशको जुम्लाबाट पनि कोरोना भाइरस पत्ता लगाउने पिसिआर परीक्षण सुरु गरिएको छ । हिँजो सोमबारदेखी नै जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालाबाट पसिआर परीक्षण सुरु गरिएको स्वास्थ्य…

डेङ्गुका बिरामी भेटिएपछि लामखुट्टेको बासस्थान नष्ट गर्न अभियान

२३ बैशाख, रासस । हिमाली जिल्ला म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि सो रोग सार्ने लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु भएको छ । बेनी नगरपालिकाले लामखुट्टेको बासस्थान हुने पानी जमेका टायर, झाडी, खाल्डाखुल्डी नष्ट गर्न शुरु…

सन् २०२० भित्रै कोरोनाविरुद्धको खोप उपलब्ध हुने अमेरिकी राष्ट्रपति ट्रम्पको विश्वास

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ अगावै अमेरिकासँग कोरोना भाइरसको खोप हुने आफूले विश्वास गरेको बताएका छन् । फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भने ‘यो बर्षको अन्त्यसम्ममा हामीसँग खोप हुने कुरामा हामी विश्वस्त छौँ’ ।…