Browsing Category
Banner 1
एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्ध
३० बैशाख, काठमाडौं । गृह मन्त्रालयले जेठ १ गतेबाट लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानलाई जारी गरिएका सबै पास रद्ध गरेको छ ।
मंगलबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गृहले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो । सोही…
कपिलवस्तुकी नर्समा पनि देखियो कोरोना संक्रमण
३० बैशाख, काठमाडौं । नेपालमा पहिलो पटक नर्समा पनि कोरोना संक्रमण देखिएको छ । कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको हो ।
कपिलवस्तु नगरपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब…
नेपालमा पहिलो पटक ४ पत्रकारमा देखियो कोरोना संक्रमण
काठमाडौं । नेपालमा पहिलो पटक पर्साका ४ पत्रकारमा कोरोना संक्रमण देखिएको छ ।
मंगलवार पर्सामा प्रमाणित भएका ३९ संक्रमित मध्ये ४ जना पत्रकार भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।
"आज पर्सामा प्रमाणित भएका ३९ केस मध्ये ४…
नेपालमा एकैपटक ५७ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या १९१ पुग्यो
३० बैशाख, काठमाडौं । नेपालमा मंगलबार दिउँसो एकैपटक ५७ जनाको ठूलो संख्यामा
कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तु, रुपन्देही, पर्सा र बारा जिल्लाका ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
कोरोना भाइरसः विश्वभर २ लाख ८७ हजार बढी संक्रमितहरुको मृत्यु, ४२ लाख ५५ हजार बढीमा संक्रमण
३० बैशाख, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार बिहानसम्म विश्वभर २ लाख ८७ हजार ३३२ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या ४२ लाख ५५ हजार ९४० पुगेको छ । संक्रमितमध्ये १५ लाख २७ हजार ४ सय ८७ जना निको…
नेपालमा थप १३ जनामा कोरोना संक्रमण, सोमबार एकैदिन २४ जना संक्रमित थपिए
२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार साँझ एकैपटक थप १३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । बर्दिया, रुपन्देही र कपिलवस्तु जिल्लाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ…
सप्तरीमा पनि १ जना कोरोना संक्रमित भेटियो, संक्रमित संख्या १२१ पुग्यो
२९ बैशाख, काठमाडौं । सप्तरीमा पनि १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सप्तरीका एक १८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नयाँ संक्रमित सप्तरी जिल्ला डाक्नेछोरी नगरपालिका वडा नं ३…
सोमबार बिहान थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो
२९ बैशाख, काठमाडौं । नेपालमा सोमबार बिहान एकैपटक थप १० जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । कपिलवस्तुका १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा कपिलवस्तु…
उदयपुरकी थप १ महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ११० पुग्यो
२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार साँझ थप १ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
उदयपुर भुल्केकी एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश न. १ को मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
आज बिहान मात्रै उदयपुर…
नेपालमा थप ७ जनालाई कोरोना संक्रमण, संक्रमित संख्या १०९ पुग्यो
२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार बिहान थप ७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुर भुल्केका ३ जना महिला, कपिलवस्तुका ३ जना पुरुष तथा पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ…