Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

४ वर्षीय बालिकासहित थप ११ जनाको कोरोनाबाट मृत्यु, मृतक संख्या २३९ पुग्यो

१६ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट मंगलबार थप ११ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरुमा एक बालिका र १० जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय महोत्तरीकी…

उपत्यकामा मंगलबार ४८१ कोरोना संक्रमित थपिए

१६ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा मंगलबार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले…

थप १ हजार ६९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या ४० हजार ५२९ पुग्यो

१६ भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ३ सय ४४ महिला र ५ सय २५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालभर कोरोना…

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त

१६ भदौ, काठमाडौं । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङसँगै उनका छोरा पनि कोरोना मुक्त भएको उपसभामुख तामाङले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छन् । उपसभामुख तमाङ कोरोना सङ्क्रमण पुष्टि भएसँगै…

अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेपछि तीन काेराेना सङ्क्रमितको मृत्यु

१६ भदौ, रासस ।  जिल्लाका अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोना सङ्क्रमितको सोमबार मृत्यु भएको छ । जिल्लाका मेडिकल कलेज र अस्पतालले सघन उपचार कक्ष अभाव भएको र पिसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल…

पत्नीसहित वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ । ह्याम्स अस्पतालमा शनिबार पिसिआर परीक्षणका लागि स्वाब दिएका रिजाल दम्पतीको सोमबार रिपोर्ट पोजिटिभ आएको हो । कोरोना…

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

१५ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । पत्नी सहितको स्वाब संकलन गरी परीक्षण गरिएकोमा मेयर शाक्यको मात्र रिपोर्ट पोजिटिभ आएको उनको सचिवालयले जनाएको छ । उनकी पत्नीलाई…

१६ जना भेन्टिलेटर सहित १४८ कोरोना संक्रमित आइसियु कक्षमा उपचारत

१५ भदौ, काठमाडौं । नेपालमा सोमबार १६ जना भेन्टिलेटर सहित १४८ जना कोरोना संक्रमित आइसियु कक्षमा उपचारत रहेका छन् । पछिल्लो समय १३२ जना आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…

कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

१५ भदौ । नोभेल कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक हेल्थ असिस्टेन्ट्को मृत्यु भएको हो । महोत्तरी मनरा सिश्वा नगरपालिका वडा नं ४ का ३५ वर्षीय ती स्वास्थ्यकर्मीको गत…

सोमबार थप ७ जना कोरोना संक्रमितको मृत्यु पुष्टि, मृतक संख्या २२८ पुग्यो

१५ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट सोमबार थप ७ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरुमा ३ जना महिला र ४ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय महोत्तरीकी ४…